अर्बुदरोगपीडित उपचारका लागि पोर्चुगलबाट सहयोग
दमौली । अर्बुदरोगपीडित तनहुँको व्यास नगरपालिका–४ का विकास दरैको उपचारका लागि दमौली युथ पोर्चुगलले आर्थिक सहयोग गरेको छ । दमौली घर भई हाल पोर्चुगलमा रहेका युवाहरुले गठन गरेको संस्थाले विकासको उपचारका लागि रु ८१ हजार ५०० सहयोग गरेको हो ।
उक्त रकम विकास मगर र खेमराज गुरुङले अर्बुदरोगपीडित विकासका आमा तिलीमाया दरैलाई हस्तान्तरण गरेका छन् । विकासको उपचारका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले पोर्चुगलमा रकम सङ्कलन गरिएको बताइएको छ । पीडितका आमा दरैले छोराको उपचारका लागि सहयोग गरेकामा धन्यवाद ज्ञापन गरे ।
अर्बुदरोगपीडित दरैको उपचारका लागि विभिन्न सङ्घसंस्था तथा व्यक्तिको पहलमा रकम सङ्कलन भइरहेको छ । केही दिनअघि मात्रै दमौली निवासी किरण श्रेष्ठको सक्रियतामा अमेरिका, अष्ट्रेलिया, बेलायत, जापानबाट रु पाँच लाख ३३ हजार ८२१ सहयोग उठेको थियो । विगत केही वर्षदेखि दरै अर्बुदरोगबाट पीडित भएर भारतमा उपचाररत छन् । आन्द्रामा अर्बुदरोग भएका दरै जीवन र मरणको दोसाँधमा छन् । फोटोग्राफीमा रुचि राख्ने उनि देशका विभिन्न ठाउँमा पुगेर तस्विर खिच्ने गरे ।







डिसी नेपाल








Facebook Comment