काँग्रेसमा देउवाविरुद्ध मोर्चाबन्दीमा रहेका नेताहरु कोइराला निवासमा
तस्बिर : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको फेसबुकबाट
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा विरुद्ध मोर्चाबन्दीमा रहेका शीर्ष नेताहरु कोइराला निवासमा छलफलमा जुटेका छन्।
शीर्ष ७ जना नेताहरुको मोर्चा देउवाकोक विरुद्धमा जुटेको छ। सभापति देउवाको कारणले नै गर्दा राज्यका सबै तहमा काँग्रेस कमजोर भएको दाबी गर्दै आएका थिए। पार्टीको बहुप्रतिक्षीत महासमिति बैठक आउन करीब एक महिना बाँकी छँदा सोमवार नेतृ सुजाता कोइरालाको निवास मण्डिखाटारमा लञ्च मिटिङमा व्यस्त छन्।
वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला तथा नेताहरू प्रकाशमान सिंह, डा. शेखर कोइराला, डा. रामशरण महत, सुजाता कोइराला र अर्जुननरसिंह केसी सहभागी थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment