पर्यटनमा परेको प्रभाव न्यूनीकरणका लागि काम गर्छौँ : मन्त्री ढकाल
फाइल फाेटाे
चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोरोनाका कारण पर्यटन क्षेत्रमा परेको प्रभाव न्यूनीकरणका लागि सरकारले प्रक्रिया शुरु गरेको बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले कोरोना कहरका कारण पर्यटन क्षेत्र प्रभावित भएको बताए ।
कोरोनाका कारण अघिल्लो वर्षसमेत सो क्षेत्र प्रभावित बनेको बताउँदै उनले भने, “पर्यटन क्षेत्रलाई अघिल्लो वर्षको अनुभवका आधारमा कम असर हुने गरी काम गर्नुपर्छ ।” पर्यटन क्षेत्रका लागि सरकारले प्याकेज ल्याउने तयारी गरिरहेको उनले जानकारी दिए । कोरोना सङ्क्रमण नियन्त्रणका लागि सबै एक भएर लाग्नुपर्ने ढकालको भनाइ थियो । जनताले जिम्मेवारी पूर्ण ढङ्गले साथ दिएमा सरकारले लकडाउन नगरिकन कोरोना नियन्त्रणमा लिनसक्ने उनले बताए ।
गत बुधबार माडीमा रामधाममा मूर्ति स्थापनाका लागि चितवन आएका मन्त्री ढकालले राज्यले सो क्षेत्रको विकासका लागि योजनाबद्ध तवरले काम अघि बढाउने बताए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment