संविधानले सबै जनतालाई एक ठाउँमा जोडेको काँग्रेस नेता कोइरालाको दाबी
विराटनगर । संविधानले सबै जनतालाई एक ठाउँमा जोडेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले दाबी गरेका छन्।
शनिबार कौमी एकता मञ्च विराटनगर नेपालद्वारा आयोजित ‘इण्डो–नेपाल मशायरा बहुभाषी कविता’ सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, “संविधानले विभिन्न जात, जाति, धर्म र भाषाका मानिसलाई जोड्ने काम गर्छ।” कोइरालाले नेपालको संविधानले सबै जात र जातिलाई समान अधिकार प्रदान गरेको छ बताए।
कौमी एकता मञ्च विराटनगर नेपालका अध्यक्ष ताजिम अहमदको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता हसन अन्सारीले बहुभाषी कविता सम्मेलनले सबैलाई एकताबद्ध बनाउने बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment