नेकपा एमाले सर्वोच्चको फैसलापछि एकीकृत हुन्छ : बामदेव

डिसी नेपाल
२७ असार २०७८ १३:१९
160
Shares

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले सर्वोच्च अदालतको फैसलापछि मात्रै नेकपा एमाले एकीकृत हुने बताएका छन्।

राष्ट्रियसभा सदस्यरहेका रहेका गौतमले अइतबार राष्ट्रियसभालाई सम्वोधन गर्दै अहिले पार्टी एकताका लागि कार्यदलले सहमतिको प्रयास गरिरहेका बेला उपाध्यक्ष गौतमले आफूले पहिला नै सर्वोच्चको फैसलापछि मात्रै पार्टी एकीकृत हुने भनेको उल्लेख गर्दै तर कार्यदलले आजै सहमति हुने बताएको उल्लेख गरे।

‘पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई पुरानै अवस्थामा फर्काएपछि म त्यो बैठकमा भाग लिन र आफू एमालेको प्रमाण पेश गर्न बैठकमा गएको हुँ,’ उनले भने, ‘कतिले मलाइ ओलीसँग मिल्न गयो भने कसैले भने , तर म कोहीसँग मिल्न होइन एमाले भएको प्रमाण पेश गर्न गएको हुँ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.