मानसिक अस्पतालका डाक्टर होटलमा मृत फेला
सांकेतीक तस्वीर
काठमाडौं। मानसिक अस्पताल पाटनमा कार्यरत साइक्यास्ट्रिक डा सुदिप अर्याल बूढानिलकण्ठस्थित एक होटलमा मृत फेला परेका छन्। आइतबार दिउँसो बुढानिलकण्ठस्थित पूर्वीली गेस्ट हाउसमा मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रहरीका अनुसार उनी रहेको कोठाबाट सल्फस नामक विषादीको बट्टा पनि बरामद गरेको छ। बबरमहलबाट अफिस जान्छु भनेर निस्किएका उनी बुढानिलकण्ठस्थित एक होटलमा पुगेर ब्रकफाष्ट मगाएर कोठामा पुगेका थिए। ब्रेकफाष्ट लिएर कोठमा पुगेका होटलका कर्मचारीले उनी घोप्टो परेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।
उनको मृत्युको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ। उनको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ। त्रिवि शिक्षण अस्पतालबाट एमडी गरेका डा अर्याल विगत एक वर्ष देखि मानिसक अस्पतालमा कन्सल्ट्यान्ट साइक्यास्ट्रिकका रुपमा कार्यरत रहेका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment