देउवाका ज्योतिषिले भने, ‘अझै देशले ४ महिना दुःख पाउँछ’
काठमाडौं । शेरबहादुर देउवालाई ७ पटकसम्म प्रधानमन्त्री हुने योग परेको भन्ने ज्योतिषले अझै ४ महिना देश कठिनपूर्ण यात्रामा जाने बताएका छन्। डिसी नेपालसँगको कुराकानीमा उनले असार २६ गतेसम्म रहेको छत्रभंग योगका कारण यो परिवर्तन भएको बताए।
‘गत फागुमा नै मैले भनेको थिएँ, असार २६ पहिला परिवर्तन हुँदैन भनेर।’ उनले भने, ‘किन भने चैत्र २१ गतेदेखि असार २६ गतेसम्म छत्रभंग योग थियो। त्यो बेलामा राजनीतिको शिर्ष स्थानमा रहेकाहरुले आसन छोड्नु पर्ने, प्रतिनिधिसभा जस्ता राजनीतिक सर्वोच्च संस्थाहरु विघटन हुनु पर्ने नै थियो।’
उनले त्यो बेला नै शेरबहादुर देउवालाई ४ महिना नेतृत्वमा जाने काम नगर्न सल्लाह दिएको पनि जानकारी दिएका छन्। उनले भने, ‘असार २६ भन्दा पहिला यस्तो निर्णय आउथ्यो भने पनि भन्न सकिन्थेन्। तर, अझै पनि ४ महिना देशले कठिन परिस्थिति भोग्नु पर्छ।’
नेपाली कांग्रेसका सभापतिसमेत रहेका शेरबहादुर देउवा हालसम्म ४ पटक प्रधानमन्त्री भइसकेका छन्। सर्वोच्चको परमादेश अनुसार शेरबहादुर देउवा ५औँ पटक प्रधानमन्त्री बन्दै छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment