सांसद नवीनाले गुहारिन् राष्ट्रपति, प्रधानन्यायाधीशप्रति आक्रोशित

डिसी नेपाल
२९ असार २०७८ १०:०४
3.8k
Shares

काठमाडौं। पुनस्थापित प्रतिनिधिसभाकी सांसद नवीना लामाले प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा र सर्बोच्च अदालतप्रति आक्रोश पोखेकी छन्।

उनले प्रधानमन्त्री तोक्ने को हो चोलेन्द्र? भन्दै आक्रोश पोखेकी हुन्। उनले राष्ट्रपतिबाट कुनै अस्वाभाविक कदमको अपेक्षा पनि गरेकी छन्। तर, त्यो कदम कस्तो हो भन्ने चाहिं उनले खुलाएकी छैनन्।

सर्बोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापित गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २८ घण्टाभित्रै प्रधानमन्त्री बनाउनु भन्ने आदेश दिएपछि प्रधानमन्त्री ओलीका समर्थकहरु आक्रोशित छन्।

ओलीसमूहकी युवा नेता तथा सांसद लामाले सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्यास लेख्दै भनेकी छन्,‘ प्रधानमन्त्री तोक्ने को हो अदालत? को हो चोलेन्द्र? संसदले बनाउने हो प्रधानमन्त्री। हामीले स्वीकार्ने विधि। हामी पर्खिरहेको छु राष्ट्रपतिको कदम।’

सर्बोच्च अदालतले देउवालाई आज साँझ ५ बजेसम्ममा प्रधानमन्त्री नियुक्त गरिसक्न परमादेश जारी गरेको छ।

लामाको स्ट्याटसले कतै राष्ट्रपति सो आदेशको विपक्षमा कुनै अस्वाभाविक कदम उठाउने योजनामा त छैनन ? भन्ने प्रश्न उठाउनलाई मौका दिएको छ। कुनै सूचनाका आधारमा उनले यस्तो स्ट्याटस लेखेकी हुन् कि आफ्नो आक्रोशमात्र हो यकिन भएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.