सरकारमा सहभागी हुने मन्त्री छान्न माओवादीलाई सकस

डिसी नेपाल
२९ असार २०७८ ११:५१
2.9k
Shares

काठमाडौं । नयाँ सरकार गठनको तयारी  भइरहेका बेला माओवादी केन्द्रले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीकाे नाम छान्न सकेको छैन्। आज पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकले सरकारमा सहभागी हुनेको नाम छान्न नसकेको हो।

बैठकपछि पत्रकारसँग बोल्दै पार्टीका प्रवक्ता नारायण काजी श्रेष्ठले  शेरबहादुर देउवासँग कुरा गरेरमात्र पार्टीले नाम पठाउने निर्णय भएको जानकारी दिए। उनले भने, ‘सर्वोच्च अदालतको निर्णयको स्वागत गरेको छ। स्वेच्छाचारिता र निरंकुश तन्त्रको नियन्त्रण र अन्त्य गर्ने कुरामा महत्वपूर्ण काम गरेको छ।’

सरकारमा पठाउने व्यक्तिहरुको बारेमा पत्रकारले सोधेको प्रश्नमा श्रेष्ठले भने, ‘अहिले कुरा भएको छैन। आज कस्तो सरकार बन्छ, त्यो अनुसार पहिला शेरबहादुर देउवासँग कुरा गरेरमात्र पार्टीले निर्णय गर्ने छ।’

गत जेठ ७ गते विघटित प्रतिनिधिसभा सर्वोच्च अदालतले पुन:स्थापना गरेसँगै विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न समेत परमादेश जारी गरेको थियाे। शेरबहादुर देउवाले आज ५ बजे पद तथा गोपनीयताको सपथ लिने भएका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *