भीम रावलकाे दाबी :पार्टी एकताको प्रयास गर्दा धम्की आयो

डिसी नेपाल
३० असार २०७८ ११:२९
5.1k
Shares

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी विभाजन रोक्न आफूले प्रयास गर्दा अन्य राजनीतिक दलका केही नेताबाट धम्की आएको दाबी गरेका छन्।

आफूले पार्टी एकताका लागि विवाद समाधानका लागि गठित कार्यदलका बसेर काम गर्दा केही राजनीतिक दलका नेताबाट धम्की आएको दाबी गरेका हुन्। रावलले बुधबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘मेरोविरुद्ध कुप्रचार असार २७ गते नै किन गरियो भन्नेतर्फ विश्लेषण गर्दा कार्यदलमा नेकपा एमालेलाई विभाजनबाट रोक्नका लागि प्रयास नगर्न केही राजनीतिक दलका नेताहरुबाट मलाई आएका दबाब र धम्कीयुक्त फोनको स्मरण हुन्छ।’

उपाध्यक्ष रावलले आफूलाई धम्की आएको दाबी गरेपनि कुन दल र कुन नेताले दिएको भन्ने खुलाएका छैनन्। रावलले आफू असार २० गते पार्टी अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार गएको कुरा माधव नेपाल र रघुजी पन्तलाई जानकारी रहेको उल्लेख गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *