विप्लवले खुमलटार पुगेर भेटे प्रचण्डलाई

डिसी नेपाल
३० असार २०७८ १८:४०
4.0k
Shares

काठमाडौं। नेकपाका महासचिब नेत्रविक्रम चन्द विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। विप्लव खुमलटारस्थित प्रचण्ड निवास पुगेका हुन्। सरकार परिवर्तन भएपछि विप्लवले प्रचण्डलाई भेटेका हुन्।

विप्लव कुनै बेला प्रचण्ड नेतृत्वको माओवादीका नेता थिए। तर, नौलो जनवादी क्रान्ति गर्ने भन्दै विप्लवले भूमिगत राजनीति गरेका थिए। केही स्थानहरुमा बम विस्फोटनका घटनाहरु गराएपछि विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएको थियो।

तर, सरकारसँग तीन बुँदे सम्झौता गर्दै विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आएको छ। तर, सरकारले गरेको सम्झौता पालना नभएको विप्लव समूहको गुनासो छ।

सम्झौता अनुसार सरकारले आफ्ना नेता कार्यकर्ताका मुद्दा फिर्ता लिएर रिहा नगरेको विप्लवले गुनासो गर्दै आएका छन्। अब सत्ता पक्षीय भएका प्रचण्डसँग यही विषयमा कुरा गर्न उनी खुमलटार पुगेका हुन्। विप्लवसँगै उनको पार्टीका नेता धर्मेन्द्र बाँस्तोला पनि साथमा थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *