विद्यार्थीको आन्दोलनपछि इन्धनको मूल्य घट्यो

डिसी नेपाल
३० असार २०७८ २३:०७
300
Shares

काठमाडौं। आयल निगमले इन्धनको मूल्य घटाएको छ। बुधबार राति १२ बजेबाट लागू हुने गरी इन्धनको मूल्य घटाइएको निगमले जनाएको छ। निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाएको छ। अब पेट्रोलको मूल्य १२८ रुपैयाँ कायम भएको छ।

यस्तै डिजेलको मूल्य पनि प्रतिलिटर एक रुपैयाँ घटाइएको निगमले जनाएको छ। निगमका अनुसार डिजेलको मूल्य अब १११ रुपैया प्रतिलिटर कायम भएको छ।

निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य लगातार बढिरहेको भन्दै मूल्य बढाउनु बाध्यता रहेको बताएको छ। तर अघिल्लो हप्ता निगमले इन्धनको मूल्य बढाएपछि नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु (माधव समूह)लगायतका पाँच विद्यार्थी संगठनले मूल्य वृद्धिको विरोधमा प्रदर्शन गर्दै आएका थिए। मूल्य घटाइएपछि विद्यार्थी संगठनको आन्दोलन पनि फिर्ता हुने जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.