ओली सरकारको बर्हिगमनप्रति पूर्व राजा ज्ञानेन्द्र असन्तुष्ट!

डिसी नेपाल
३१ असार २०७८ ११:५१
12.7k
Shares

काठमाडौं। पूर्व राजा ज्ञानेन्द्र शाहले ओली सरकारको बहिर्गमनप्रति असन्तुष्टि जनाएका छन्। बिहीबार सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै पूर्व राजाले शासक र शासकका आसेपासेका मुहार भन्दा पनि जनताको मुुहार फेरिनु पर्ने आवश्यक्ता रहेको उल्लेख गरेका छन।

उनले शासकको अनुहार फेरिँदा जनताको आशा भरोसा बढ्नु पर्ने भए पनि त्यसो नभई उल्टै जनता निराश भइरहेको बताएका छन।

उनले लेखेका छन्,  ‘शासकको अनुहार फेरिदाँ जनताको आशा भरोसा पनि बढ्न जान्छ तर जति हुनुपर्ने वा जस्तो हुनुपर्ने भनेर जनताले सोच्छन् त्यो कहिल्यै पूरा हुँदैन। फेरी जनमानसमा गुनासो शुरू हुन थाल्छ। शासकको मूल कर्तव्य मुलुक र जनताको हीतमा हुनु जरूरी छ। जनताको मुहार फेरिनु पर्छ न कि शासक र उसका परिवारको।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *