इस्तानबुलबाट ७०९ अवैध आप्रवासीलाई पक्राऊ, पक्राउ पर्नेमा अधिकांश अफगानी

डिसी नेपाल
१२ साउन २०७८ २०:४१
292
Shares

इस्तानबुल । टर्कीको प्रहरीले टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलबाट ७०९ अवैध आप्रवासीलाई पक्राउ गरेको यहाँको अनादोलु न्यूज एजेन्सीले मंगलबार सम्प्रेषित समाचारमा उल्लेख छ ।

इस्तानबुल प्रहरी बलले जुलाई १५ देखि २५सम्म इस्तानबुल र वरपरका ११ जिल्लाहरूमा अनियमित प्रवासीलाई खोज्ने अभियान चलाएको र यस क्रममा ७०९ जना आप्रवासीलाई अवैधरूपमा लुकेर बसीरहेको अवस्थामा पक्राउ गरेको बताएको छ ।

टर्कीले हालै अफगानिस्तानबाट आएका शरणार्थीहरूको सङ्ख्या आफ्नो मातृभूमिमा बढेको र यसका कारण हिंसा र अशान्ति बढिरहेको महशुस गरेको बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *