टर्की प्रहरीद्वारा सात सयबढी अवैध आप्रवासी पक्राउ

डिसी नेपाल
१३ साउन २०७८ ६:५४
348
Shares

काठमाडौं । टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलबाट सात सय नौ जना अवैध आप्रवासी पक्राउ परेका छन्। प्रहरीले अवैध आप्रवासी खोज्न चलाएको अभियान अन्तर्गत उनीहरुलाई पक्राउ गरिएको हो।

अन्तराष्ट्रिय संचार माध्यामका अनुसार जुलाई १५ देखि सुरु भएको अभियानको दश दिनमै उक्त सहर र वरपरका जिल्लाहरुबाट उनीहरुलाई पक्राउ गरिएको हो।

वरपरका ११ वटा जिल्लाहरु र इस्तानबुल सहरमा लुकेर बसिरहेका उनीहरु धेरै जसो अफगानस्थानका रहेको अन्तराष्ट्रिय संचार माध्यामहरुले लेखेका छन्।

अफगानिस्तानमा हिंसाका घटना बढेसँगै शरणार्थीका रुपमा उनीहरु टर्की छिरेको समाचारमा उल्लेख गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *