दिनदहाडै बटुवालाई लुट्न खोज्दा चोरको पाइन्ट खुस्किएपछि… (भिडियोसहित)
काठमाडौं। एक चोरले बाटोमा हिँडिरहेका बटुवालाई दिनदहाडै लुट्न खोज्दा चोरको पाइन्ट खुस्किएपछि चोरी विफल भएको छ । न्यूयोर्कको ब्रुकलिन सहरमा बाटोमा हिँडिरहेका एक बटुवाको हातबाट एउटा चोरले केही चीज चोरेर भाग्न खोज्छन् । तर, अचानक चोरको पाइन्ट खुस्किएपछि चोर पाइन्ट मिलाउन थाल्छन् । यो घटना सडकमा जडान गरिर्एको सीसीटिभी क्यामेरामा रेकर्ड भएको छ ।
चोरको चोरी विफल भएको भए पनि चोर भने भाग्न सफल भएका छन् । पुलिसले चोरको खोजी गरिरहेको छ । डेलीमेलको रिपोर्टअनुसार पुलिसले चोरको बारेमा सूचना दिनेलाई पुरस्कारको घोषणा गरेको छ । चोर सेतो एसयुभी कारमा भागेको बताइएको छ । पीडित युवकलाई अस्पताल लगिएको छ । चोरसँग भिड्ने क्रममा ती युवकको पिठ्युँ, कुहिना र घुँडामा चोट लागेको छ जसको उपचार भइरहेको छ ।







डिसी नेपाल







Facebook Comment