जयसिंह धामीको परिवारलाई १० लाख सहयोग गर्ने सरकारको निर्णय

डिसी नेपाल
१० भदौ २०७८ १८:०८
224
Shares

काठमाडौं । महाकाली नदीमा तुइनबाट खसेर बेपत्ता भएका दार्चुलाको व्यासका जयसिंह धामीको परिवारलाई सरकारले १० लाख रूपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।

बिहिबार बसेको मन्त्रिपरिषद बैठकले धामीका परिवारलाई १० लाख रूपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानू मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

गत साउन १५ गते भारतको बाटो भएर दार्चुला सदरमुकाम खलङ्गा आउने क्रममा व्यास गाउँपालिका–२ मालघाटमा तुइन तर्ने क्रममा भारतीय सुरक्षाकर्मीले महाकाली नदीमा रहेको तुइन काटिदिँदा जयसिंह महाकाली नदीमा बेपत्ता भएका थिए ।

त्यस्तै नेपाल कानुन आयोगको अध्यक्षमा पूर्व मुख्य न्यायाधीश जागेश्वर सुवेदीलाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ। राष्ट्रिय योजना आयोगको सदस्यमा पुष्परमण वाग्ले र सोलनप्रधान सिंहलाई नियुक्त गर्ने निर्णय बैठकले गरेको कार्कीले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *