राष्ट्रपतिद्वारा प्रधानसेनापतिमा प्रभुराम शर्मा नियुक्त
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी छिन् ।
नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम जिम्मेवारी सम्हाल्दै आएका बालाधिकृत रथी प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि आउँदो भदौ २४ गते समाप्त हुँदैछ । अवकाश लिन लागेका थापाले जंगी अड्डामा एक कार्यक्रमबीच बलाधिकृत रथी प्रभुराम शर्मालाई बुझबुझारथ गरिसकेका छन्।

प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment