ऋतुका ५ मुक्तक

डिसी नेपाल
१९ भदौ २०७८ ७:२३
128
Shares

                  १

देशकै दानापानी खाएर गल्ती गरिरहेछन्।
जतासुकै हल्ला फिजाएर गल्ती गरिरहेछन्।
मनमा शान्तिको बास कहिल्यै नमिलोस्,
जो बुद्धको देशमा आएर गल्ती गरिरहेछन्।

                २

लगाएर सधैं नकावै, देख्दै देख्दैनन्।
जे जति भएनी अभावै, देख्दै देख्दैनन्।
दुःखमा गोहीका आँसु झारेर रोइदेलान्,
यी आफन्त मेरा बाबै, देख्दै देख्दैनन्।

                ३

नगर्दिँदा मलम पट्टि, साहारा लिनु पर्यो।
बेहोसी मै गर्यौ कट्टी, साहारा लिनु पर्यो।
मञ्जिल पुग्न नपाउदै छुट्यो प्रेम पनि,
उपयुक्त लाग्यो भट्टी, साहारा लिनु पर्यो।

                 ४

बजाएर बाजा मच्चाएर धूम, पुर्‍याईदिन मन छ।
चलाएर आफ्नै हुकुम, पुर्‍याईदिन मन छ।
राजधानीकै पिचबाटोमा गुड्नेहरु बुझिराख,
खाली खुट्टै रोल्पा, रुकुम, पुर्‍याईदिन मन छ।

               ५

दिमागका हैन खेलाडी, भुत्ता बिदेशी छन।
यहाँ हरेकका खुट्टाहरुमा, जुत्ता बिदेशी छन।
आफ्नै जन्मभूमिको माटो बेच्न तयार हुन्छन्,
दलाल झै भुक्ने पाल्तु, कुत्ता बिदेशी छन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *