इपिएल क्रिकेट : काठमाडौं र पोखरा भिड्दै
काठमाडौं ।एभरेस्ट प्रिमियर लिग (इपिएल) को चौथो दिन आज मंगलबार एउटा मात्र खेल हुँदैछ।
चौथो संस्करणको इपिएल टी(ट्वान्टी क्रिकेटमा आज काठमाडौं किङ्स इलेभन र पोखरा राइजोन भिड्न लागेका हुन। खेल मध्याह्न सवा १२ बजे सुरु हुनेछ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंको यो तेस्रो खेल हो। काठमाडौं दोस्रो जित निकाल्ने योजनामा हुनेछ। यस अघि काठमाडौंले पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रियट्सलाई हराएको थियो।
सोमबार तय काठमाडौं र विराटनगर वारिवर्सबीचको खेल भने बर्षाका कारण मैदान ओसिलो हुँदा टसनै नभई खेल रद्द भएको थियो।
विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पहिलो जितको खोजीमा रहेको छ। पोखराको यो दोस्रो खेल हो। पहिलो खेलनै वर्षाले प्रभावित भएपछी पोखराले भैरहवा ग्लाडीयटर्ससँग अंक बाँडेको थियो।
१० ओभरको खेल जारी रहदा वर्षा भएपछी खेल रोकिएको थियो। अन्तिम समय सम्म पनि वर्षा नरोकिएपछी दुबै टोलीलाई १–१ अंक बाढिएको थियो।
यस अघि हिजो ९सोमबार० का दुबै खेल समेत बर्षाकै कारण हुन सकेन। पहिलो खेलमा काठमाडौं र बिराटनगरले मैदान ओसिलो हुँदा टसनै गर्न पाएनन् । दोस्रो खेलमा चितवन र भैरहवाबिचको खेलमा टस हुने तय हुँदा पुनः वर्षा भएको थियो।
दुबै खेल पुनः खेलाइने वा अंक बाढ्ने भन्ने बिषय तय हुन बाकी छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment