टुहुरो र विभास पुरस्कृत

डिसी नेपाल
१ कार्तिक २०७८ २०:३६
392
Shares

काठमाडौं। रोल्पाका स्रष्टाद्वय डी.बी.टुहुरो र नवीन विभासलाई छुट्टाछुट्टै दुई पुरस्कार प्रदान गरिने भएको छ ।

स्रष्टा टुहुरोलाई नेपाली कलासाहित्य डट कम प्रतिष्ठानका लागि योगेश्वर स्मृति प्रतिष्ठानद्वारा स्थापित ‘योगेश्वर वाङ्मय पुरस्कार—२०७८’ र स्रष्टा विभासलाई नेपाली कलासाहित्य डट कम प्रतिष्ठानका लागि नेपाली कलासंस्कृतिप्रेमी प्रा.डा. ग्रेगरी जी. मस्कारिनेकद्वारा स्थापित ‘ग्रेगरी कलासंस्कृति पुरस्कार—२०७८’प्रदान गरिने भएको हो ।

‘साहित्यलाई विशेष आत्मसात गर्दै शिक्षासेवी एवम् समाजसेवीका रूपमा समेत आफ्नो जीवन उत्सर्ग गरी समग्र वाङ्मयिक योगदान पुर्याउने रोल्पाका स्रष्टा डी.बी.टुहुरोलार्ई रु.२५,००० राशिको योगेश्वर वाङ्मय पुरस्कार—२०७८ र रोल्पाकै कला, साहित्य तथा संस्कृतिका साधक स्रष्टा नवीन विभासलाइ रु.२०,००० राशिको ग्रेगरी कलासंस्कृति पुरस्कार—२०७८ प्रदान गर्ने निर्णय गरिएको।’ कलासाहित्य डट कम प्रतिष्ठानकी अध्यक्ष एवं वरिष्ठ साहित्यकार मोमिला जोशीद्वारा जारी प्रेस विज्ञप्ति उल्लेख गरिएको छ ।

यी दुवै पुरस्कार नेपाली कलासाहित्य डट कम प्रतिष्ठानको आयोजना र ललित साहित्य परिषद्, रोल्पाको सह–आयोजनमा मेरो राष्ट्र मेरो ध्येय को उद्देश्यसाथ यस वर्षको राष्ट्रिय कलासाहित्य यात्राअन्तर्गत आगामी कार्तिक १३ गते रोल्पामा सम्पन्न हुन गइरहेको विशेष सिर्जना उत्सव समारेहमा समर्पण गरिने विज्ञप्ति उल्लेख गरिएको छ ।

यस अघि योगेश्वर वाङ्मय पुरस्कार यसअघि क्रमश स्रष्टाहरू डा.कृष्णराज डी.सी., अमर गिरी, कृष्ण्भूषण बल, उषा शेरचन, वनमाली निराकार, मुकुन्द प्रयास, दिलिप शाह, कृष्णराज ओलिया, पद्मराज जोशी, पुरीचन्द्र देवकोटा र डा. मधुसूदन गिरीलाई प्रदान गरिसकिएको छ भने ग्रेगरी कलासंस्कृति पुरस्कार क्रमश शेरबहादुर अधिकारी, पूर्ण समीर महतारा, खडानन्द चौलागाई र मनोहर लामिछानेलाई प्रदान गरिसकिएको प्रतिष्ठानकी अध्यक्ष जोशीद्वारा जारी प्रेस विज्ञप्ति जनाइएको छ ।

साहित्यकार एवं कवि राजेश्वर कार्कीले शिक्षा तथा समाजसेवी स्रष्टा आफ्ना पिता योगेश्वर कार्कीको स्मृतिमा ‘योगेश्वर स्मृति प्रतिष्ठान’ स्थापना गरेका हुन । प्रतिष्ठान वाङ्मयको श्रीवृद्धिमा लामो समय देखि सक्रिय रहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *