नग्न अवस्थामा समुद्रमा तैरिरहेकी महिलाको उद्धार, १२ घण्टा बगिरहँदा पनि जीवितै थिइन्

डिसी नेपाल
११ कार्तिक २०७८ १५:०५
1.1k
Shares

समुद्रको यात्रामा निस्किएका एक अमेरिकी नाविक त्यतिबेला आश्चर्यमा परे जब उनले पानीमा केही असामान्य चीज देखे । उनी आफ्नो नाउ लिएर नजिकै गएपछि त्यो चीज कुनै मानिसको हात थियो । जब नाविकले त्यसलाई बाहिर निकाले उनी चकित परे । खासमा समुद्रको चिसो पानीमा एक महिला तैरिरहेकी थिइन् । महिनाको शरीरमा एउटा पनि कपडा थिएन ।

डेलीमेलको रिपोर्टअनुसार २६ अक्टोबरका दिन ६० वर्षका खोस्रो कोज खोसरवानी आफ्ना साथीहरुसँग समुद्रको यात्रामा निस्किएका थिए । बाटोमा उनले डल्फिनको झुण्ड देखे । त्यसपछि उनले नजिकै गएर हेर्ने कोसिस गरे । यद्यपि योभन्दा पहिल्यै उनले केही असामान्य चीज देखे । नजिक जाँदा खोसरवानीले पानीमा तैरिइरहेको मानिसको हात देखे ।

तर, जब त्यो हातलाई बाहिर ताने उनको होस उड्यो किनकि त्यो हात एक महिलाको थियो । महिला पानीमा पूर्ण नग्न अवस्थामा थिइन् । सौभाग्यवश महिला जीवितै थिइन् । खोसरवानी र उनका साथीहरुले तत्कालै चिसोले कड्याङ्ग्रिएकी महिलालाई कम्बलमा बेरे । महिलाको स्थिति निकै खरबा थियो । उनका ओठ काँपिरहेका थिए । उनी निकै मुस्किलले बोल्न सकिरहेकी थिइन् । उनलाई जीवित बचाउन भने सकिएको छ ।

सोधपुछपछि थाहा भयो कि ती महिला करिब १२ घण्टादेखि समुद्रको चिसो पानीमा तैरिरहेकी थिइन् । कथित रुपमा उनी पनि यात्रामा निस्किएकी थिइन् तर पानीमा डुबिन् । खासमा महिला एक्लै पौडी खेल्न गएकी थिइन् तर समुद्रको छालले उनलाई किनारबाट साढे २ माइल टाढा बीच समुद्रमा हुत्याइदियो । जतिबेला उनलाई उद्धार गरियो, उनको शरीरमा एउटा पनि कपडा थिएन । उनलाई रोनाल्ड रेगन अस्पतालमा भर्ना गरियो जहाँबाट तीन दिनपछि उनलाई डिस्चार्ज गरियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.