आज ३१ जना थपिएसँगै अर्घाखाँचीमा सक्रिय संक्रमितको संख्या १८० पुग्यो

डिसी नेपाल
९ माघ २०७८ १९:०८

काठमाडौँ। अर्घाखाँचीमा आज ३१ जना कोरोना संक्रमित थपिएका छन् । ३१ जनामा कोरोना पुष्टि हुँदा सोही अवधिमा दुई जना संक्रमण मुक्त भएका छन् ।

३१ जनामा संक्रमण पुष्टि भएसँगै अर्घाखाँचीमा सक्रिय संक्रमित संख्या १ सय ८० पुगेको छ ।अर्घाखाँचीमा हालसम्म कूल संक्रमित संख्या ४ हजार ६ सय ८८ पुगेको छ । हालसम्म कोरोना जित्नेको संख्या ४ हजार ४ सय १७ रहेको छ ।

अर्घाखाँचीमा हालसम्म ९१ जनाले कोभिडबाट ज्यान गुमाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *