मातृभाषा राष्ट्रिय कविता महोत्सवमा ४६ कविता छनोट
काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले मातृभाषा राष्ट्रिय कविता महोत्सव २०७८ का लागि ४० भाषाका ४६ कविता छनोट गरेको छ ।
मातृभाषाका ९७ ओटा कविता प्राप्त भएकोमा ४६ कविका ४६ ओटालाई छनोट गरिएको प्रज्ञाले जनाएको छ । अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२२ का अवसरमा ९ फागुनमा प्रतिष्ठान कविता महोत्सव आयोजना गर्ने भएको छ ।
महोत्सवका लागि प्रतिष्ठानले अछामी, अठार मगर खाम, अवधी , उर्दु, उराँव, केवरत, खस, गुरुङ, घले, चाम्लिङ राई, जिरेल, डोटेली, ढुट मगर, ताजपुरिया, तामाङ, तीन गाउँले थकाली, थामी, थारु डङ्गौरा, थारु मध्य (चितवनीया), थुलुङ, दनुवार, दुरा, देवास राई, धिमाल, नाछिरिङ, नेपाल भाषा, बज्जिका, वान्तवा राई, वायुङ राई, भोजपुरी, मगही, मेचे, मैथिली, राजवंशी, वाम्बुले राई, शेर्पा, सन्थाली, सुनुवार, संस्कृत र हायु भाषाका कविता छनौट गरेको छ ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment