युक्रेनबाट ज्यान बचाएर छिमेकी देश पुगेका भारतीय विद्यार्थीलाई कुटेर फेरि युक्रेनमै फर्काइयो
काठमाडौं। युक्रेनबाट ज्यान बचाएर भागेर छिमेकी देश पोल्याण्डमा पुगेका भारतीय विद्यार्थीलाई सीमामा तैनाथ सुरक्षाकर्मीले कुटपिट गरेर पुनः युक्रेनमै फर्काइदिएको बेलारुसले दावी गरेको छ । बेलारुसका अनुसार पोल्याण्डको सीमामा तैनाथ सुरक्षाकर्मीले करिब १०० भारतीय विद्यार्थीलाई कुटेर पुनः युक्रेनमै पठाएको हो । यी विद्यार्थीहरुलाई अहिले रोमानियाको एक शरणार्थी शिविरमा राखिएको दावी गरिएको छ ।
संयुक्त राष्ट्रसंघमा बेलारुसका राजदूत भ्यालेन्टिन रयबाकोभले बुधबार राष्ट्रसंघको महासभामा आफ्नो बयानको क्रममा यो जानकारी दिएका हुन् । रयबाकोभले भने ‘पोल्याण्डका सीमा सुरक्षाकर्मीहरुले २६ फेब्रुअरीमा लगभग १०० भारतीय छात्रहरुको एक समूहलाई कुटे र उनीहरुलाई युक्रेनमै फर्कादिए । जसलाई रोमानियामा एक शरणार्थी शिविरमा राखिएको छ ।’
संयुक्त राष्ट्रसंघमा युक्रेनका राजदूत सर्गेइ किस्लिट्स्याले रुसको आक्रमणको क्रममा एक भारतीय विद्यार्थीको मृत्यु भएको र चीनका एक नागरिक घाइते भएको बताए । किस्लिट्स्याले भने ‘युक्रेन यी दुर्घटनाप्रति गहिरो दुख व्यक्त गर्दछ । हामी भारतमा ती छात्राका पीडित परिवारप्रति आफ्नो गहिरो समवेदना राख्छौं ।’
भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले मंगलबार लगभग ८ हजार भारतीयहरु युक्रेनमा फसेका र तिनीहरुमा धेरैजसो विद्यार्थी भएको बताएका थिए । उनले भारतले युक्रेनका छिमेकी देशहरु रोमानिया, हंगेरी र पोल्याण्डबाट विशेष उडानको माध्यमबाट आफ्ना नागरिकलाई सुरक्षित निकाल्ने कोसिस गरिरहेको बताएका थिए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment