आइपिएल लिलामीमा कसैले नकिनेका सुरेश रैना अन्ततः आइपिएल खेल्ने भए

डिसी नेपाल
१९ फागुन २०७८ १४:२४
7.4k
Shares

काठमाडौं। मिस्तर आइपिएलको नामबाट चिनिएका भारतीय क्रिकेटर सुरेश रैना अन्ततः आइपिएलमा खेल्ने भएका छन् । फेब्रुअरीको दोस्रो हप्ता भएको आइपिएल लिलामीमा कुनै पनि टिमले नकिनेपछि उनी यसपटक आइपिएलमा नदेखिने आशंका बढेको थियो । तर, अन्ततः उनलाई गुजरात टाइटन्सले अनुबन्ध गरेको छ ।

उनलाई इङल्याण्डका क्रिकेटर जेसन रोयको ठाउँमा गुजरातले अनुबन्ध गरेको हो । जेसन रोयले आइपिएलको बायो बबल नियमका कारण अफू आइपिएल खेल्न नसक्ने जनाउँदै आफ्नो नाम फिर्ता लिएका थिए । यससँगै उनको ठाउँमा सुरेश रैनालाई अनुबनध गरिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *