बिहान खाली पेटमा चिया कहिल्यै नपिउनुहोस्, गर्छ स्वास्थ्यमा यस्ता ५ हानी

डिसी नेपाल
१८ वैशाख २०७९ ११:३१
168
Shares

काठमाडौं ।  प्रायः हामी बिहान उठेपछि ताजा महसुस गर्न चिया पिउने गर्छौं। जसलाई सामान्यतया बेड टी पनि भनिन्छ। चियाबाट दिनको सुरुवात गर्ने मानिसहरूको बानी नै बनिसकेको छ। तर यसो गर्नु स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिदैंन । खाली पेटमा चिया पिउनाले स्वास्थ्यलाई धेरै हानी पुर्याउन सक्छ । आउनुहोस् तपाईलाई बिहान खाली पेटमा चिया पिउनुका बेफाइदाका बारेमा जानकारी दिनेछौं ।

उच्च रक्तचाप– उच्च रक्तचापबाट पीडित व्यक्तिहरूले बेड टी पिउनु हुँदैन । किनभने यसमा पाइने क्याफिनले शरीरमा घुल्ने वित्तिकै रक्तचाप बढाउँछ। जसले भविष्यमा हृदय रोगको खतरा निम्त्याउन सक्छ ।


तनाव–हामी धेरै टेनसन भएको बेला वा भनौ विहानको तनाब कम गर्नका निम्ती चिया पिउने गर्दछौं । तर यसो गर्नु स्वास्थ्यको दृष्टिकोणले हानीकारक मानिन्छ । किन कि चियामा क्याफिनको मात्रा धेरै हुने भएकाले हाम्रो निन्द्रालाई भगाउने गर्दछ । निन्द्रा ध्वस्त अपुरो हुँदा तनाव बढाउने स्वास्थ्य विज्ञहरू बताउँछन्।

पाचनप्रक्रिया ढिलो बनाउँछ– बिहान खाली पेटमा चिया पिउनु पाचन प्रक्रियाका लागि पनि राम्रो मानिँदैन। किनभने यसले पेटमा ग्यासको समस्या निम्त्याउँछ र पाचन प्रक्रियालाई सुस्त बनाउँछ।

मधुमेहको जोखिम – बिहान खाली पेटमा चिनी मिसाएर चिया पिउनाले रगतमा चिनीको मात्रा बढ्छ र शरीरका धेरै कोशिकाहरूलाई आवश्यक पोषक तत्व प्राप्त हुँदैन । यसले दीर्घकालीन रूपमा मधुमेहको जोखिम बढाउँछ।

अल्सर– यदि तपाई बिहान खाली पेटमा चिया पिउनुहुन्छ भने आजैबाट यो बानी त्याग्नुहोस्। किनकि त्यसो गर्दा पेटको भित्री भागमा चोट लाग्न सक्छ जसले अल्सर निम्त्याउन सक्छ । ब्रिटिस मेडिकल जर्नलमा छापिएको अध्ययनअनुसार तातो चिया पिउने मानिसमा खाना खाने नली तथा घाँटीको क्यान्सर हुने सम्भावना आठ गुणाबढी हुन्छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *