सरकारको नीति तथा कार्यक्रम आज आउँदै

डिसी नेपाल
१० जेठ २०७९ ७:१३
44
Shares

काठमाडाैं। संघ सरकारले आगामी आर्थिक वर्ष ०७९/८० काे नीति तथा कार्यक्रम ल्याउँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसाे ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ।

संवैधानिक व्यवस्थाअनुसार हरेक वर्षको १५ जेठमा संघीय सरकारको बजेट प्रस्तुत गर्ने समय निर्धारण गरिएको छ।

नयाँ बजेटभन्दा कम्तीमा पनि एक साताअघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने भए पनि चुनावका कारण केही ढिलाइ भएकाे सरकारी दाबी छ। नीति तथा कार्यक्रमलाई आधार मानेर सरकारले नयाँ बजेट प्रस्तुत गर्ने गर्छ। अर्थ मन्त्रालय अहिले बजेटको अन्तिम तयारीमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *