प्रधानसेनापति शर्माकाे अमेरिका भ्रमणको तयारी
फाइल फाेटाे।
काठमाडौं। प्रधानसेनापति प्रभुराम शर्माको अमेरिका भ्रमणको तयारी सुरु भएको छ। प्रधानसेनापति शर्मा इजरायल हुँदै अमेरिका जाने गरी भ्रमणको तयारी भएको हो।
इजरायल हुँदै अमेरिका भ्रमणमा जाने तयारी गरेका प्रधानसेनापति शर्माले नेपाली सेना सहभागी भएको शान्ति मिसनको निरीक्षण गर्ने कार्यक्रम छ।
यद्यपी सेनापति शर्माको भ्रमणको मिति भने तय भइसकेको छैन।
‘अहिले सेनापतिज्यूको भ्रमणको तयारीका विषयमा छलफल भइरहेको छ,’ नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले डिसी नेपालसँग भने, ‘अहिले समन्वयको काम भइरहेको छ। मिति तय भएको छैन।’ प्रधानसेनापतिको भ्रमण स्वीकृति मन्त्रिपरिषद बैठकले गर्ने परम्परा छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment