एमाले प्रतिनिधि नआएपछि पोखराको मतगणना स्थगित

डिसी नेपाल
१० जेठ २०७९ १४:२२
88
Shares

पोखरा। नेकपा एमालेका प्रतिनिधि मत गणना स्थलमा नआएपछि पोखराको मतगणना स्थगित भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले पटक पटक प्रतिनिधि पठाउन आग्रह गरे पनि मानेका छैनन्।

एमालेले १८ नम्बर वडाको पुनः मतगणना सुरू नहुँदासम्म आफ्ना प्रतिनिधि नपठाउने जनाएको छ। ‘१८ नम्बर वडामा हामी तीन मतले हारेका छौं। त्यहाँ नाै मत हराएको छ,’ एमलेका पोखरा महानगर कमिटी सचिव जीवन आचार्यले भने, ‘१८ को विवाद नसकिएसम्म बाँकी रहेको वडाको गणना अघि बढ्न सक्दैन । हामीले प्रतिनिधि पठाउदैनौं।’

पोखरामा अहिले ३ वडाको मतगणना चलिरहेको छ। अन्तिम नतिजा आएका ३० वडामध्ये कांग्रेसले २१ र एमालेले ९ वडामा चुनाव जितेको छ। मेयरमा भने गठबन्धनका उम्मेदवार धनराज आचार्य र उपमेयरमा एमालेकी मन्जुदेवी गुरुङले चुनाव जितिसकेकी छिन्।

यद्यपि, औपचारिक घोषणा हुन बाँकी छ। गणना चलिरहेको वडा नम्बर २२, ३२ र ३३ मा पनि गठबन्धन उम्मेदवारहरूले अग्रता लिएका छन्। वडा नम्बर १८ मा तीन मतले कांग्रेस उम्मेदवार विजयी भएका छन्। यसअघि एमालेले १८ को पुनः गणनाको मागसहित निवेदन दिएको छ। निवेदन उपर छलफल चलिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.