बौधीमाई नगरपालिकाकाे मेयर र उपमेयरमा नेकपा एसका उम्मेदवार विजयी
रौतहट। बौधीमाई नगरपालिकाकाे मेयर र उपमेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन्। रौतहटको बौधीमाई नगरपालिकामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रदीप यादव र उपमेयरमा प्रमिला देवी निर्वाचित भएकी हुन्।
निवर्तमान मेयर एवं जनता समाजवादीबाट मेयरका उम्मेदवार राजीव रन्जन यादवलाई पराजित गर्दै एकीकृत समाजवादीका यादव विजयी भएका हुन्।
यादवले एक सय ८६ मत मतान्तरले जित हासिल गरेका छन् । यादव चार हजार आठ सय १० मत ल्याएर विजयी भए। यस्तै, उपमेयरमा नेकपा एसकी प्रमिला देवीले चार हजार आठ सय ९४ मत प्रात गरेकी छिन् ।
उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी सीमा नेसाले चार हजार चार सय ८१ मत ल्याएकी छिन्। यो सँगै नेकपा समाजवादीबाट उम्मेदवारी दिएका जनप्रतिनिधिहरूले जिल्लाको चार पालिकामा जित हासिल गरेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment