ओलीलाई मन्त्री बडूले जवाफ दिएपछि संसदमा एमाले सांसदको विरोध
काठमाडौं। प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरूको विरोध प्रदर्शन भएको छ।
बिहीबार बसेको बैठकमा एमाले अध्यक्ष केपी ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरीजस्तो भनेर दिएको अभिव्यक्तिलाई शुक्रबारको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले भ्रष्टाचारको चास्नीमा डुबेकाले अरुलाई पनि सोही देखेको बताएपछि एमालेका सांसदले सो अभिव्यक्ति रेकर्डबाट हटाउन माग राखेर विरोध जनाएका हुन्।
एमालेका सांसदहरू आ-आफ्नो स्थानबाट उठेर विरोध जनाइरहेका छन्। आयल निगम खारेज गर्न आधा कमिसन खाइसकेको भन्ने एमाले अध्यक्ष ओलीको आरोप पुष्टि गर्न मन्त्री बडूले चुनौती दिएका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment