‘गण्डकी प्रज्ञा उत्सव’मा सम्मान र नाटक प्रदर्शनी

डिसी नेपाल
७ असार २०७९ २२:०७
20
Shares

पोखरा । कला संस्कृतिको संरक्षण र प्रबद्र्धनका लागि गण्डकी सरकारले प्रज्ञा प्रतिष्ठान बनाएको छ ।

उक्त प्रतिष्ठानले यो वर्ष ‘गण्डकी प्रज्ञा उत्सव’ मनाउन लागेको छ । असार ९ गतेबाट ११ गतेसम्म प्रतिष्ठानमा विभिन्न कार्यक्रम गर्न लागिएको हो । पहिलो दिन असार ९ गते विभिन्न जिल्लाबाट प्रतिनिधित्व हुने गरी २० जना कलाकारद्वारा पर्यटन, संस्कृति, धार्मिक सम्पदाको बारेमा चित्र कोर्ने कार्यक्रम छ भने असार १० गते गजल, कविता, मुक्तक र लघुकथा बाचन तथा नाटक मन्चन हुनेछ ।

असार ११ गते विविध सांस्कृतिक कार्यक्रम तथा सम्मान कार्यक्रम गरिने कुलपति सुर्य खड्काले जानकारी दिए । उनका अनुसार गण्डकी प्रज्ञा संगीत सम्मानबाट गोरखाका आलोक श्री, गण्डकी प्रज्ञा कला सम्मानबाट कास्कीका यादव चन्द्र भुर्तेल, गण्डकी प्रज्ञा नृत्य सम्मानबाट म्याग्दीकी धनकुमारी थापा, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट नवलपुरका गोविन्द विनोदी, गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट नवलपुरका पुष्परत्न महतोलाई सम्मान गरिनेछ ।

उत्सव अवधिभर पृथ्वीनारायण क्याम्पस विज्ञान संकायका विद्यार्थीले विज्ञान तथा प्रविधि प्रदर्शन गर्नेछन् । नयाँ पुस्ताहरूलाई मौलिकÞ संस्कृतिको बारेमा जानकारी दिन कार्यक्रम आयोजना गरिएको खड्काले बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *