सामाजिक संजालमा भाइरल यी व्यक्ति को हुन् ? जसलाई मानिसहरूले अमिताभ बच्चन भनिरहेका छन् ?

डिसी नेपाल
८ असार २०७९ १३:१५

काठमाडौं । एक अफगान शरणार्थीको केही वर्ष पुरानो तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो तस्बिर विश्व प्रसिद्ध फोटोग्राफर स्टिभ म्याककरीले आफ्नो सोसल मिडिया ह्यान्डलमा सेयर गरेका छन् । यो तस्बिर सार्वजनिक हुनेबित्तिकै इन्टरनेटमा फेरी यस्तो चर्चा भएको छ कि तस्विरमा देखिएका व्यक्ति बलिउड अभिनेता अमिताभ बच्चन हुन् ।

अफगान शरणार्थीको यो तस्बिर यति प्रभावशाली छ कि यो देखेर तपाई आफ्नो आँखा हटाउन सक्नुहुन्न। तस्बिरमा देखिएका व्यक्तिले टाउकोमा पगडी यसरी बाँधेका छन् कि एउटा आँखा लुकाइएको छ । मानिसले बाक्लो कालो फ्रेमको चश्मा लगाएका छन्। अनुहारमा रफ र सेतो दाह्रीले व्यक्तिको फोटोमा प्राण दिएको छ।

 

View this post on Instagram

 

A post shared by Steve McCurry (@stevemccurryofficial)

यदि तपाईलाई याद छ भने, केही वर्ष अगाडि २०१८ मा सोही तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यतिबेला यो तस्बिर देखेर मानिसहरूले यो तस्बिर अमिताभ बच्चनको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ को सेटको भएको दाबी गरेका थिए । अहिले फेरि यो तस्बिरको निकै चर्चा भइरहेको छ ।

तस्बिरमा देखिएका व्यक्तिको लुक्स अमिताभ बच्चनसँग मिल्दोजुल्दो छ । यही कारणले यो तस्बिरले फेरि इन्टरनेटमा हलचल मच्चाएको छ । भाइरल तस्बिरमा अहिलेसम्म ७० हजारभन्दा बढी लाइक आइसकेका छन् । कतिपयले तस्बिरमा अमिताभ बच्चन रहेको बताएका छन् ।

कतिपयले यो अमिताभ बच्चनको अर्को फिल्मको लुक भएको बताएका छन् । एक प्रयोगकर्ताले कमेन्ट सेक्शनमा लेखेका छन्– अमिताभ बच्चन जस्तो देखिन्छ । अर्का एक प्रयोगकर्ताले लेखेका छन्– पहिलो पटक हेर्दा यो अमिताभ बच्चन थिए ।

तस्बिरमा देखिने व्यक्ति अमिताभ बच्चन नभएको खुलासा भएको छ । यो तस्बिर न त अमिताभको अर्को फिल्मको लुकको हो न त फिल्म ‘ठग्स अफ हिन्दोस्तान’को । फोटोको क्याप्शनमा फोटोग्राफरले यो तस्विर पाकिस्तानमा बस्ने अफगान शरणार्थीको हो भनेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *