शेखर कोइराला पक्षको बैठक सुरु, मन्त्री बडु पनि आए
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको बैठक सुरु भएको छ ।
काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा केही बेरअघिबाट बैठक सुरु भएको छ । सो भेलामा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुपनि भर्खरै प्रवेश गरेका छन् ।
सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रती असन्तुष्ट जनाउदै भेला बिहीबार पनि बसेको थियो । तर भेलाले कुनै निष्कर्श ननिकालेपछी आज पुन बसेको हो ।१४ औँ महाधिवेशनपछि पनि पार्टी विधान र विधिसम्मत ढंगले सञ्चालन हुन नसकेको भन्दै बैठकमा नेताहरुले असन्तुष्टि जनाएका थिए ।
नेताहरूले सभापति देउवाले पार्टीभन्दा सत्तालाई मात्रै केन्द्रमा राखेर काम गरेको आरोप लगाएका छन् ।
देउवाले स्थानीय चुनाव सकिएको लामो समय भइसक्दा पनि केन्द्रीय समिति बैठक नराखेको, भ्रातृ संस्थामा आफूखुसी नियुक्ति गरेको भन्दै असन्तुष्टि जनाएका थिए ।








डिसी नेपाल








Facebook Comment