देशभर १७३ कोरोना संक्रमित थपिए

डिसी नेपाल
११ भदौ २०७९ १६:३९
28
Shares

काठमाडौं । नेपालमा २४ घण्टामा १७३ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार ८३९ नमूना परीक्षण गर्दा १७३ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ६४३ र एन्टिजेनबाट २ हजार १९६ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ६५ र एन्टिजेनबाट १०८ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो ।

सोही अवधिमा नेपालमा ३९६ जनाले संक्रमणलाई पराजित गरेका छन् ।

आज थपिएकासँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार ६१२ पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.