एकीकृत समाजवादी खोटाङबाट प्रतिनिधिसभा निर्वाचनका लागि राजन राई सिफारिस
खोटाङ। आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङले राजन राईलाई उम्मेदवारका रुपमा अघि सार्ने निर्णय गरेको छ।
जिल्ला कमिटीको बैठकले आगामी ४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि प्रदेश १ का सामाजिक विकास मन्त्री एबं पोलिटव्यूरो सदस्य राईको एकमात्र नाम सिफारिस गर्ने निर्णय गरेको हो। प्रतिनिधिसभा समानुपातिकमा जलसेर राई र संगीता राईको नाम सिफारिस गरिएको युवा संघका जिल्ला अध्यक्ष पवन श्रेष्ठले जानकारी दिए।
यस्तै, प्रदेशसभा (क)मा प्रत्यक्षतर्फ वीरबलकाजी राई, उदयबहादुर कार्की, राजन आचार्य, भीम राई (बुईपा), भीम राई (बाम्राङ), विष्णु दाहाल, तेजबहादुर राई र समानुपातिकमा रमिला गुरुङको नाम सिफारिस भएको छ।
प्रदेशसभा (ख)मा प्रत्यक्षतर्फ बबी चाम्लिङ, श्यामराज राई, नरेश राई, तारानाथ दाहाल, कुमार राई, परिवर्तन राई, बम खत्री, शम्भु घिमिरे र समानुपातिकमा अम्बिका राईको नाम सिफारिस गर्ने निर्णय गरिएको नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)ले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment