पुल्चोकको भाटभटेनी सुपरमार्केट अगाडि सडकमा मोटरसाइकल पार्किङ, अन्डरग्राउन्ड रित्तै
तस्बिरः कनकमणि दीक्षितको फेसबुक
काठमाडौं। पुल्चोकको भाटभटेनी सुपरमार्केटले सार्वजनिक सडकलाई मोटरसाईकल पार्किङका लागि निरन्तर प्रयोग गर्दै आएको छ। तर, भाटभटेनीले आफ्नो पार्किङमा ममः स्टल राखेको छ। तलको अन्डरग्राउन्ड पार्किङ रित्तै राख्ने गरेको छ।
यो विषयमा भाटभटेनी प्रोप्राइटर मिनबहादुर गुरुङलाई सात–आठ महिनाअघि पत्रमार्फत अवगत गराइएको हिमाल मिडियाका सञ्चालक कनकमणि दीक्षितले जानकारी दिएका छन्। ललितपुर महानगरपालिकाले यसबारे अहिले पनि चासो देखाएका छैनन्। ग्राहकरूको सवारीले सडक जाम हुने गरेको छ।
भवन निर्माणका बेला ‘प्लीन्थ लेभल’ छेउको सडकभन्दा तीन फिट माथि पु¥याउनु मापदण्डविपरीत भएको र त्यो सर्वसाधारणका लागि खतरापूर्ण रहेको दीक्षित बताउँछन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment