प्रधानमन्त्री देउवाद्वारा विश्वकप क्रिकेटको ट्रफी अवलोकन

डिसी नेपाल
१५ भदौ २०७९ १८:१८
68
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वकप क्रिकेटको ट्रफी अवलोकन गरेका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले ट्रफी अवलोकन गरेका छन् । बुधबार यसअघि ट्रफी भक्तपुर दरबार स्क्वायरमा प्रदर्शनीमा राखिएको थियो।

टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी सोमबार नेपाल आइपुगेको हो । ट्रफी नेपालमा दोस्रो पटक ल्याइएको हो। यसअघि २०१८ मा एक दिवसीय विश्वकपको ट्रफी नेपाल ल्याइएको थियो । टी–ट्वान्टी विश्वकपको ट्रफी पहिलो पटक नेपाल ल्याइएको हो। विश्वकपको एक सय दिने टुर अन्तर्गत ट्रफी नेपाल ल्याइएको हो। ट्रफी विश्वका १३ देश का ३५ स्थानमा प्रदर्शनी हुँदैछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.