सेरेना विलियम्सले टेनिसबाट सन्यास लिइन्, अन्तिम खेलमा आँसु छचल्कियो
Aug 31, 2022; Flushing, NY, USA; Serena Williams of the USA after beating Anett Kontaveit of Estonia on day three of the 2022 U.S. Open tennis tournament at USTA Billie Jean King National Tennis Center. Mandatory Credit: Robert Deutsch-USA TODAY Sports
काठमाडौं । अमेरिकी टेनिस स्टार सेरेना विलियम्सले टेनिसलाई अलविदा भनेकी छिन् । उनले शुक्रबार युएस ओपनमा आफ्नो अन्तिम खेल खेलिन् र सन्यास लिइन् ।
न्यूयोर्कमा भएको यो खेलमा सेरेना विलियम्स अस्ट्रेलियाकी आयला टोमियानोविचसँग हारेकी भएपनि यो खेल उनका लागि यादगार बन्यो । उनी तेस्रो राउण्डमा आयला टोम्यानोभिचसँग पराजित भएकी थिइन् ।
खेलपछि उनी भावुक भइन् र हात हल्लाएर मानिसहरूलाई बिदाइ गरिन् । ४१ वर्षीया विलियम्सले आफ्नो २७ वर्षको उत्कृष्ट करियरलाई यहाँ अन्त्य गरिन्।
कोर्टको बिचमा अन्तरवार्ता लिँदा उनको आँखाबाट आँसु आयो । उनले सहयोगका लागि आफ्नो परिवार, टोली, दर्शक र आफ्ना प्रशंसकहरूलाई धन्यवाद दिइन् ।
उनले भनिन्, ‘मलाई वर्षौंदेखि दशकौंसम्म सहयोग गरेकोमा यहाँ उपस्थित सबैलाई धन्यवाद दिन चाहन्छु । म विश्वास गर्न सक्दिन कि यो दशकौं भयो।’
उनलाई यो हप्ता उनको प्रदर्शनलाई ध्यानमा राख्दै अवकाशको निर्णयमा पुनर्विचार गर्ने कि भनेर सोधिएको थियो। यसबारे सेरेनाले भनिन्, ‘म यसमा आफ्नै तरिकाले खेलिरहेको थिएँ र राम्रो हुँदै गइरहेको थिएँ । मलाई लाग्दैन कि म फेरि सोच्नेछु तर तपाईलाई थाहा छैन अब के हुन्छ।
सेरेना विलियम्सले आफ्नो पहिलो व्यावसायिक टूर्नामेंट खेल १९९५ मा खेलिन्। आफ्नो क्यारियरमा, उनले २३ एकल ग्रान्ड स्लाम खिताब जितिन् र लामो समयसम्म विश्वको नम्बर एक खेलाडी भइन्।







डिसी नेपाल







Facebook Comment