दशकपछि आयोजकले जित्यो २०औं लिस्नुकपको उपाधि

डिसी नेपाल
४ असोज २०७९ ६:३४
92
Shares

भैरहवा। रुपन्देहीको कोटीहवामा सञ्चालित २०औं लिस्नु कप फुटबल प्रतियोगिताक उपाधि आयोजक लिस्नु युवा क्लबले जितेको छ। पशुपति माविको खेल मैदानमा भएको फाइनल खेलमा आयोजक लिस्नुले छिमेकी टिम फर्साटिकर एफ सी लाई १ गोलले हराएको हो। आयोजक एक दशकपछि पुनः च्याम्पियन भएको हो।

एक नाइजेरीयन खेलाडी फोडे फुफानासहित मैदान ओर्लिएको आयोजक लिस्नुले पहिलो हाफमा १ गोल मात्र गर्न सफल थियो भने फर्साटिकर २ गोल गर्दै अग्रस्थानमा थियो। त्यसपछिको दोस्रो हाफमा लिस्नुले पुनः १ गोल गरेपछि खेल निकै रोमाञ्चक स्थितिमा पुग्यो। खेल बराबरीमा सकिएको थियो।

ट्राइब्रेकरमा ५र५ जनाले प्रहार गरेको गोल दुवै तर्फबाट पुन: ४-४ गोल भयो। त्यसपछि पनि ३-३ जनाले प्रहार गरेको गोल पनि निर्णयको बिन्दुमा पुगेन। सँगै गोल किपरको प्रहार पनि जित हारको साबित भएन । त्यसपछि भएको ३-३ जनाको प्रहारमा फर्साटिकरको एक बल पोलमा ठक्कर खाइ बाहिर गएपछि लिस्नुको जित पक्का भयो।

विजेताले ३ लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *