जुम्लामा म्यादी प्रहरी : माग ८४३, आवेदन दिने १६७३

डिसी नेपाल
११ असोज २०७९ १९:४९
20
Shares

जुम्ला। ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सरकारले जुम्लाका लागि आठ सय ४३ जना म्यादी प्रहरी माग गरे पनि दुई गुनाभन्दा बढीले आवेदन दिएका छन् । सरकारले ६ देखि ९ असोजसम्म आवेदन दिनसक्ने गरी सूचना जारी गरेकाे थियाे । यस अवधिका जुम्लाबाट एक हजार ६ सय ७३ जनाले आवेदन दिएका छन् ।

आवेदन दिनेमध्ये चार सय ५८ महिला रहेकाे जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सुचना अधिकारी धर्मराज जोसीले  जानकारी दिए । उनले भने, ‘मागभन्दा दोब्बर आवेदन आउनुले बढ्दो बेरोजगारी दरको संकेत गर्छ । स्थानीय स्तरमा रोजगारको कुनै मध्यम छैन । उनीहरू मध्यबाट म्यादी प्रहरी चयन भइरहेकाे छ । आज छनाेट प्रक्रिया सकिएकाे छ ।’

उनका अनुसार म्यादी प्रहरीको कार्यअवधि तालिम सुरु भएदेखि ४० दिनसम्मको हुनेछ। त्यसका लागि मासिक ३० हजार दुई सय ४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ। प्रत्येक म्यादी प्रहरीले खाद्यान्नबापत सात हजार दुई सय रुपैयाँ, पोसाक र अन्य खर्चका लागि ६ हजार रुपैयाँ, यातायात खर्चबापत एक हजार रुपैयाँ र बिमा सुविधा समेतको व्यवस्था गरिएको छ।

जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालका अनुसार म्यादी प्रहरी छनौट प्रक्रिया मंगलबार सकिएको छ । उनले भनिन्, ‘बुधबार ८ बजे लिखित परीक्षा हुँदैछ । यहि १४ असाेजसम्म मौखिक परिक्षा सकिन्छ । यहि २५ असाेजमा फाइनल नतिजा आउने  छ ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *