कालिकोटको तिलागुफामा मलामी जाँदा बेपत्ता भएका मध्ये १३ जनाकाे पहिचान खुल्याे
काठमाडौं। कालिकोटको तिलागुफा-४ राँचुलीमा मलामी गएका १३ जना बेपत्ता भएको पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। तिलागुफा नगरपालिका-४ राँचुलीमा मलामी जाँदा पहिरोले कर्णाली नदीमा बगाएका मध्ये १३ जनाको पहिचान खुलेको हाे।
आइतबार दिउँसो कुकुर खोला र कर्णाली नदीको दोभानमा मलामी गएका १३ जनालाई राँचुली गाउँबाट आएको पहिरोले बगाएका कारण वेपत्ता भएकाहरुको पहिचान खुलेको हो।
कालिकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माका अनुसार पहिरोसँगै कर्णाली नदीमा बेपत्ता हुनेमा तिलागुफा नगरपालिका-४ राँचुलीका ४७ वर्षका कालीबहादुर शाही, ६३ वर्षका धनबहादुर शाही, ३६ वर्षका क्षेत्रजंग शाही, २८ वर्षका खगेन्द्र शाही, २३ वर्षका भेषबहादुर शाही, ५५ वर्षका धनबहादुर शाही, ७६ वर्षीय अली शाही, २३ वर्षका खेमराज शाही, ५७ वर्षीय मानबहादुर शाही, ४१ वर्षीय मोतिलाल शाही, ५६ वर्षका परबहादुर शाही, २४ वर्षका नरेश शाही र २२ वर्षका प्रशान्त शाही रहेका छन्।
फाइल फाेटाे।
No ads found for this position

डिसी नेपाल
Facebook Comment