लघुकथा समाजमा गोपाल अश्ककाे नेतृत्वमा नयाँ कार्यसमिति चयन
काठमाडौं। आख्यानको लघुत्तम विधा लघुकथाको उन्नयनमा विगत १५ वर्षदेखि निरन्तर क्रियाशील संस्था लघुकथा समाज, नेपालको वार्षिक साधारण सभाले लघुकथाकार/साहित्यकार गोपाल अश्कलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ। यसअघि साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ समाजका अध्यक्ष थिए।
शनिबार बिहान सम्पन्न समाजको १५औं साधारण सभाले संस्थाको उपाध्यक्षमा तुलसीहरि कोइराला, महासचिवमा सुमन सौरभ, कोषाध्यक्षमा छविरमण सिलवाल तथा सचिवमा श्रीबाबु कार्कीलाई निर्विरोध चयन गरेको छ।
त्यस्तै सदस्यहरूमा सिन्धु गौतम, सुषमा मानन्धर, राजेश खनाल, नवराज रिजाल, रामप्रसाद पण्डित र तारा केसीलाई चयन गरेको छ। प्रा.डा. लक्ष्मणप्रसाद गौतम, रामप्रसाद पन्त र अश्विनी कोइराला रहेको निर्वाचन समितिले निर्विरोध चयनको घोषणा गरेको हो।
साधारण सभाको प्रारम्भमा कवि विश्वविमोहन श्रेष्ठ, कृष्ण प्रसाईं, राधेश्याम लेकाली, प्रद्युम्न जोशी, गोविन्द गिरी प्रेरणा, छविरमण सिलवाललगायतले शुभकामना मन्तव्य दिएका थिए।
उक्तअवसरमा महासचिव तुलसीहरि कोइराला र कोषाध्यक्ष सुमन सौरभद्वारा प्रस्तुत प्रतिवेदनहरू सर्वसम्मत पारित गरिएको थियो।
कार्यक्रममा निर्वाचन समितिका संयोजक प्रा.डा. लक्ष्मणप्रसाद गौतम, निवर्तमान अध्यक्ष श्रीओम श्रेष्ठ रोदन र नवनिर्वाचित अध्यक्ष गोपाल अश्कले आफ्ना धारणा राखेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment