लघुकथा : जन्म र मृत्यु
सत्तरी वर्षीय बुवालाई के सनक चढेछ कुन्नि? मलाई फोन गरेर पाठशालामा जोडिन्छु भन्नुभयो। म अलमल्ल परें। यो उमेरमा बुढालाई के भाको हो। कतै पागल त हुनुभएन। मलाई काममा जान हतार थियो। बाँकी सबै कुरा बुझ्न सकिनँ।
केही दिन पछि मस्किदै बुवाले पाठशालामा नातिले जोडिदिएको जानकारी गराउनु भयो। म सोध्धै थिएँ। अचानक वाइफाइ बन्द भयो। साँझ फोन गर्दा बुवा मस्त निन्द्रान।
जमनामा गाउँकै नामी मास्टर भए पनि आजको प्रविधिमा भने बुवा कमजोर। नाति नै वहाँको आधुनिक प्रविधि।
केही समयपछि बुवाले मलाई अचम्मको इच्छा प्रकट गर्नुभयो। म तर्सिएँ। अचम्म परेँ। खुसीको सीमा रहेन। सबैथोक एकैपल्ट पाएको महसुस गरेँ। वहाँको इच्छा पूर्ण गर्ने मनमा ठानेँ।
संजोग! वहाँको इच्छा म आउँनु भन्दा पहिला नै पुर्ण हुने देखियो। पाठशालाले नै वहाँको कदर स्वरूप पुस्तक प्रकाशन गर्ने तयारी गरिसकेको रहेछ।
कस्तो बिडम्बना! म घर फर्किंदा खुसी र दुःख एकैपल्ट।
“कहिल्यै नमर्ने पुस्तकको जन्म। बुवाको मृत्यु।”
No ads found for this position




Facebook Comment