सरकार कुनै पनि ढंगले राष्ट्रप्रति जिम्मेवार देखिएनः केपी ओली

डिसी नेपाल
९ जेठ २०८० १६:३५
96
Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक व्यवस्था विपरित सरकारले न्यायपरिषद्मा सदस्य नियुक्त गरेको आरोप लगाएका छन्।

मंगलबार ललितपुरमा नेकपा एमाले जनसंगठन पदाधिकारी भेलालाई सम्बोधन गर्दै ओलीले न्यायपरिषद्मा ६५ बर्षभन्दा माथिलाई नियुक्त गर्न नपाउने व्यवस्था रहेपनि ७१ र ७७ बर्षका मान्छेलाई नियुक्त गरेको आरोप लगाएका हुन्।

उनले यस बिषयमा संविधान र कानूनका दफा देखाएर प्रधानमन्त्रीलाई प्रश्न सोध्ने बताए। ओलीले यसअघि २३ महिनासम्म संवैधानिक परिषद्को बैठक बस्न नसकेको र डेड बर्षसम्म प्रतिपक्षीसंग संवाद पनि नगरेको भन्दै अहंकार र घमण्डले देश नचल्ने जिकिर गरे ।

वर्तमान सरकार कुनै पनि ढंगले राष्ट्रप्रति जिम्मेवार नदेखिएको उनको भनाइ छ । त्यस्तै अध्यक्ष ओलीले मुलुकमा आर्थिक लगायत बिभिन्न समस्या देखिएपनि सरकार बेखवर जस्तै देखिएको तर्क गरे।

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेको कुनै संलग्नता नरहेको र नहुने भन्दै एमालेभित्र रहेर पार्टीको आदर्श र मूल्उमान्यताविपरितको काम गरे कारवाही गर्न अग्रसर हुने बताए। ओलीले एमालेमाथि सवैतिरबाट तीव्र हमला गरेर सिद्धाउन खोजेपनि पार्टीलाई अझ सशक्त रुपमा अघि बढाउने पनि बताए।

उनले पार्टी ध्वस्त पार्ने, पार्टी नेतृत्वप्रति अनास्था गर्ने काम भएपनि पार्टीलाई शुद्धिकरण गर्ने मौका पाएको र शुद्धिकरण कारण पार्टीलाई छोटो समयमा नै मजबुद अवस्थामा पुराएको दावी गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.