तनहुँमा पहिरोले पुरिएर एकको मृत्यु, दुई जना घाइते

डिसी नेपाल
४ असार २०८० २१:०२
188
Shares

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–१ माथिल्लो गुणादीमा सोमबार साँझ पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा जिल्ला झापा शिवशताक्षी नगरपालिका–७ का ३३ वर्षीय भीम भुजेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साँझ ४ बजेदेखि परेको वर्षाका कारण काम गरिरहेका मजदुर घाइते भएको प्रहरीको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *