अर्घाखाँचीमा पहिरोले पुरिएर चार बालबालिका घाइते, तीनको अवस्था गम्भीर
फाइल फोटो
अर्घाखाँची। अर्घाखाँचीको पणेनामा पहिरोले पुरिएर चार बालबालिका घाइते भएका छन् । जसमध्ये तीन जनाको अवस्था जटिल रहेको प्रहरीले जनाएको छ ।
पाणिनि गाउँपालिका-१ पणेनाको गोहनपानीमा आज विहान साढे ६ बजे घरमाथिबाट खसेको पहिरोमा उनीहरु पुरिएका थिए ।
चारमध्ये तीन जना अचेत अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए। गम्भीर घाइते हुनेमा ११ वर्षे अञ्जु रास्कोटी, १० वर्षे धनबहादुर रास्कोटी र १२ वर्षे खुमबहादुर रास्कोटी छन् ।
साथै पहिरोमा पुरिएका १४ वर्षे सचिन रास्कोटीको सकुशल उद्धार गरी उपचारका लागि पाल्पाको तानसेन पठाइएको वडाध्यक्ष कमलप्रसाद पोख्रेलले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment