फ्रान्समा जारी हिंसाबीच फ्रान्सका नेता किन सडकमा आए ?

डिसी नेपाल
१९ असार २०८० १४:४०
424
Shares

काठमाडौं । फ्रान्सको राजधानी पेरिसलगायत अन्य धेरै सहरमा स्थानीय जनताले विगत एक सातादेखि जारी हिंसाविरुद्ध सोमबार प्रदर्शन गरेका छन् ।

यी र्‍यालीहरू फ्रान्सेली मेयरहरूको संगठनले आयोजना गरेको हो। गत शनिबार पेरिसको उपनगर लिले होजमा एक मेयरको घरमा आक्रमणकारीले आक्रमण गरेका थिए ।

गत मंगलबार पेरिसमा प्रहरीको गोलीबाट नहेल एम नामका एक युवकको मृत्यु भएपछि हिंसाको यो अवधि सुरु भएको हो ।

यसपछि पेरिसलगायत अन्य धेरै सहरमा आगजनीका हजारौं घटना दर्ता भएका छन् ।

आइतबार राति नै प्रहरीले करिब १५० जनालाई पक्राउ गरेको थियो । यसअघि राति सात सय जना पक्राउ परेका थिए ।

पछिल्ला केही घण्टामा हिंसामा कमी आएको देखिन्छ।

तर राष्ट्रपति इमानुएल म्याक्रोनले आन्तरिक मन्त्रालयलाई सडकमा ठूलो संख्यामा प्रहरीको उपस्थिति सुनिश्चित गर्न आग्रह गरेका छन्।

फ्रान्सले हिंसा रोक्न ४५ हजारभन्दा बढी प्रहरी परिचालन गरेको थियो । आइतबारदेखि हिंसाका घटनामा कमी आएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *