घट्यो आज सुनको मूल्य, तोलाको कतिमा हुँदै छ कारोबार?
काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी महासंघले आजको मूल्यसूची तय गर्दै एकैदिन सुनको मूल्य ७०० रुपैयाँले घटेको जानकारी दिएको हो।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ३०० र तेजाबी सुनको मूल्य १ लाख १० हजार ७५० रुपैयाँ कायम छ। हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार र तेजाबी सुनको मूल्य १ लाख ११ हजार ४५० रुपैयाँ कायम थियो।
आज पनि तोलामा ७०० रुपैयाँले मूल्य घटेसँगै लगातार चौथो दिन सुनको मूल्य घटेको छ। साताको सोमबार १०० रुपैयाँ, मंगलबार ३०० रुपैयाँ र बुधबार १०० रुपैयाँले मूल्य घटेको हो ।
यस्तै, महासंघका अनुसार आज चाँदीको मूल्य समेत घटेको छ। १० रुपैयाँले घटेसँगै आज चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ कायम छ । हिजो बुधबार चाँदीको मूल्य तोलामा १३ सय ९० रुपैयाँ कायम थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment